राजु रेग्मी `राज´।

अन्तर द्वन्ध,ईगो,अन्य स्वार्थ र घमण्डलाई त्यागेर पबित्र मनका साथ सहकार्य गर्नेहो भने यो पवित्र अभियानको १२ औं एकताको अधिवेशन गर्न केनै जटिल छ र?

यो अभियानमा कस्तो प्रकारको संस्कृति सिर्जना गर्ने भन्ने सामाजिक अभियन्ताहरूको सोचमा भर पर्छ , यो सामाजिक अभियानलाई निस्वार्थ मनदेखी माया गर्ने र महत्व बुझनेलाई पद र कार्यकाल भनेको गौण र क्षणिक समयको लागी मात्र हो तसर्थ सबैले थोरै धेरै त्याग र बिगतका कमजोरीको समीक्षा गरी अब आउने दिनमा सुधार गर्ने प्रतिज्ञासहित संस्थाको बिधान बमोजीम एकताको लागी सर्वपक्षीय खुल्ला छलफल र बहस मार्फ़त निष्कर्षको कोशिश तत्काल शुरू गर्न जरूरी छ ।

१. १० औं महाधिवेशनमा सहमतीमा बनेको ३ अध्यक्ष सहितको कार्यसमितीलाई वैधानिकतासहित बिनोद कुँवर सहितको कार्यसमितिलाई पनी दस्ताबेजीकरण गर्न सहमत भई सबै पक्षबाट अदालतका सम्पूर्ण मुद्दा फिर्ता गर्ने

२. अदालतका दुवै आदेशलाई दुवैपक्षले आत्मसात र स्वीकारसहित पहिलो फैसलालाई सम्मान गरी एकताको अधिवेशनको लागी शेष घलेलाई १२ औं एकताको अधिवेशनको संयोजक स्वीकार गर्ने र बिश्वका बिभिन्न बिकसित मुलूकमा रहने नेपालीहरूले प्रजातान्त्रिक प्रकियालाई आत्मसाथ गर्छन भन्ने अनुभूती दिलाऊनपनी अदालतको अर्को फैसला अनुरूप ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितीलाई स्वीकार गरी पूर्ण कार्यकालसम्म नियमित कार्यसम्पादनमा अवरोध नगरी एनआरएनको बिधान र पुरानै प्रचलन अनुसार अक्टूबरमा अधिवेशन गर्न अगाडी बढ़ने !

३. परराष्ट्र मन्त्रालयको उपस्थितीमा सर्वपक्षीय बैठक बसी सबै पक्षका असहमती, अविश्वास, जटिलता र समस्याको विषयमा गहन छलफल गरी संस्थागत हितको लागी बिधान र पद्धतिमा संशोधन गर्ने ।

४. एनआरएनको अधिवेशन गराऊने कमिटी र अधिवेशनको सुपरीबेक्षणको लागी परराष्ट्रलेनै प्रतिनिधी खटाऊने ,
अबको अधिकतम १.५ महीना भित्रपनी सर्वपक्षीय सहमतिको प्रस्ट आधारसहित माथीका उल्लेखित प्रस्तावमा सहमत भई निष्कर्ष दिन नसकेर एक आपसको ईगो र कुनै कसैको आश्वासनमा समानान्तर कमिटीले मे र निर्वाचित संस्थापन पक्षले अक्टोबरमा अधिवेशन गरेमा आउने दिनमा यही संस्कार निरन्तर भई १३ औं मा ४ अनी अर्कोमा ८ बन्ने संस्कार बिकाश हुनेछ ।

( रेग्मी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको