
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने ‘तमु ल्होसार’ आज भव्य रूपमा मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । तमु ल्होसार गुरुङ समुदायले मनाउँछन् । काठमाडौंकाे टुँडिखेलमा तमु ल्हाेसार आज भव्य रूपमा मनाइयाे ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती रहेकाे पाइन्छ ।
तस्विरहरू