काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा पनि ३२ वर्षे उमेर हद लागू हुने भएकाे छ । यसअघि नेपाली कांग्रेस निकट नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरिएकाे थियाे ।
अखिल क्रान्तिकारीले निर्वाचनबाटै उमेरहदकाे विषय टुंगाएकाे छ । `उम्मेरहद ३२ लागु हुने भएको छ।याे ऐतिहासिक जितका लागि हार्दिक बधाई छ´, अध्यक्ष पञ्चा सिंहले भनिन्,`नेतृत्वको निर्वाचन माघ १२ गते सम्पन्न हुनेछ। कार्यतालिका निर्वाचन समितिले तत्काल सार्वजनिक गर्ने जानकारी गराउदछौ।´ २१ मतले अखिल क्रान्तिकारीमा उकेर हद लागू हुन पुग्याे । स्वतन्त्र विद्यार्थी युनियनमा २८ वर्षे उमेर हद लागू छ ।
निर्वाचन समितिले आइतबार राति सार्वजनिक नतिजाअनुसार उमेर हदको पक्षमा ९ सय र खुला राख्ने पक्षमा ८७९ मत आएको प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए । उनका अनुसार उमेर हद लगाउने पक्षमा २१ मत बढी परेकाले उमेर हद लगाउने मतको पक्ष मत विजयी भएको छ ।
उमेर हद लगाउने या नलगाउने भन्नेबारे विद्यार्थीभित्र विवाद भएपछि शनिबार देशैभर यसको निर्णय लिन मतदान गरिएको थियाे ।



