काठमाडौं : भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा सिंहको निधन भएको छ।बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो । एम्स अस्पतालले सिंहको निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ ।
अहिले कांग्रेस आई नेतृ सोनिया गान्त्री, प्रियंका गान्धी लगायत एम्स अस्पताल पुगेका छन् । अन्य नेता कार्यकर्ताहरुको पनि भीड बढिरहेको छ ।



