राैतहट – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले
सबैले आफ्नाे आस्थाअनुसारकाे धर्म,संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाकाे जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताउनुभएकाे छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले मंगलबार राैतहटमा चलिरहेकाे पञ्चवर्षिय गढिमाई मेला महाेत्सवमा सहभागी हुनेक्रममा यस्ताे बताउनुभएकाे हाे ।

नेपाल बहुधार्मिक,बहुभाषिक र बहुजातीय राष्ट्र भएपनि समाजमा आपसी सद्भाव सुदृढ रहेकाे र त्यसमा पुर्खाहरूकाे ठुलाे याेगदान रहेकाे सिंहकाे भनाई थियाे । आ- आफ्नाे धर्मसंस्कृतिलाई संरक्षण र सम्वर्धन गर्न सबैले मिलेर अघि बढ्नुपर्नेमा पनि उहाँले जाेड दिनुभयाे । `नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक छ । विगतमा हाम्रा पुर्खाहरूले मिलिजुली समाजमा राम्राे वातावरण बनाउनुभयाे । आउने दिनहरूमा पनि हाम्राे पुर्खाहरूले देखाएकाे बाटाेलाई अनुसरण गर्नुपर्छ ,´ उहाँले भन्नुभयाे ,` आआफ्नाे आस्थाअनुसार धर्मसँस्कृतिअनुसार पाठपूजा, जात्रा,महाेत्सव गर्न सक्ने माहाेललाई जाेगाएर अघि बढ्न सक्नुपर्छ ।´उहाँले गढिमाई मेला महाेत्सवकाे सफलताकाे शुभकामना पनि दिनुभयाे ।
राजनीति स्थायित्व र स्थिरतामा वर्तमान सरकारले जाेड दिएकाे भन्दै उहाँले विग्रिएकाे अर्थतन्त्रको लय ठिक ठाउँमा ल्याउन सरकारले काम गरिरहेकाे बताउनुभयाे ।



