काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएका छ ।

शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ ।

यसअघि बिहीबार  १ लाख  ६२ हजार ४ सय रूपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज ३० रूपैयाँले  बढेर १९ सय ८० रूपैयाँमा कारोवार भैइरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको