हेटौंडा । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पाएका छन् । शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले लामिछानेलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

सञ्चार विभाग समेत रहेको मन्त्रालयको जिम्मेवारी सम्हालेका लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । लामिछाने गत साउन १२ मा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।

मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय अन्तर्गतको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सरकार मातहतको संरचनाहरूमा रहेका अस्थायी दरबन्दीमा कार्यरत कर्मचारीलाई तलब भत्ता वितरणमा समस्या हुने भएपछि दरबन्दी स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको