काठमाडौं : नेपाल विद्यार्थी संघकाे शेखर काेइराला निकट समुहले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेकाेछ । उनीहरूले संघकाे विधिवत महाधिवेशन कहिले भन्दै खाली कुर्सी प्रदर्शन गरे ।

नेविसंघ केन्द्रीय कार्यसमितिको म्याद समाप्त भइसकेको भन्दै खाली कुर्सी राखेर आइतबार दिउँसो प्रदर्शन गरिएकाे र १२ ओै महाधिवेशन सुनिश्चितताकाे माग गरिएकाे नेविसंघ नेता भुवन भट्टले बताए । उनले भने,‘नेविसंघको अहिलेको कार्यसमितिको म्याद सकिइसकेको छ, त्यसैले खाली कुर्सी राखेर प्रदर्शन गर्दै महाधिवेशन सुनिश्चितता मागेका हौं ।´

नेविसंघ तदर्थ समितिको म्याद अब थप्न नहुने र महाधिवेशन सुनिश्चित गरिनुपर्ने उनीहरूकाे माग छ ।

कांग्रेस महामन्त्री गगन थापााले केही दिन अघि खुरूखुरू महाधिवेशन गर्ने, नसके घरतिर जाने भन्दै महाधिवेशन हुन नसकेकाेमा असन्तुष्टि व्यक्त गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको