काठमाडाैं : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलास सिराेहिया पक्राउ परेका छन् । धनुषा जिल्ला अदालतले सिराेहियाविरूद्द नागरिकता प्रकरणमा पक्राउ पुर्जी जारि गरेकाे थियाे । सिराेहियालाई सिआइबीकाे टाेलीले कान्तिपुर पब्लिकेसन्सकाे केन्द्रीय कार्यालयबाट पक्राउ गरेकाे हाे ।

सिराेहियाले समाचार राेक्न गरेकाे ब्ल्याकमेलिङ नमानेका कारण प्रतिशाेध साँधिएकाे बताएका छन् ।`कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन ,´ अध्यक्ष सिरोहियाले भनेका छन् ।

कान्तिपुरले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेकाे विषयलाई प्राथमिकताका साथ उठाइरहेकाे थियाे । साे विषयलाई लिएर गृहमन्त्री लामिछाने सिराेेहियामाथि आक्रामक देखिँदै आएका छन् ।



