हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हेटौँडामा बृहत मोटरसाइकल र्‍याली निकालेको छ । देशभरका महानगर, उपमहानगरपालिकामा र्याली निकाल्ने केन्द्रिय कार्यक्रम अन्तरग हेटौँडामा -याली निकालिएको हो ।

पार्टी कार्यालयबाट सुरु भएको मोटरसाइकल र्याली सानोपोखरा, ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक हुँदै सीमाचोकमा कोणसभामा परिणत भएको थियो ।

राप्रपा हेटौँडा नगर अध्यक्ष अरुण लामाले देशको अवस्था बदल्न, व्यवस्था बदल्न राप्रपाले -याली निकालेको बताए । उनले देशका आम जनता देशको व्यवस्था प्रति आहात भएकाले अहिलेको व्यवस्था बदल्न जनता सडकमा आएको बताए । ‘देशका आम जनता अब आहात भइसकेका छन’ उनले भने ‘देशले परिवर्तन खोजेको छ । देशले यो व्यवस्था धरासायी भयो भनेर व्यवस्था बदल्न खोजेको छ । संघियता खारेजी गर्नुपर्छ भनेर आवाज उठेको छ ।’ उनले देशभित्रका व्यथिती चिर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको बताए ।

राप्रपा महिला संगठन केन्द्रीय सचिव सरस्वती थिङले अहिले राज्यले गरेका गतिविधिहरुको बारेमा सजक गराउन र, आम नागरिकलाई देशमा भइरहेको विकृति, विसंगती र अराजकता चिर्न -याली निकालिएको बताए । उनले हिन्दु राष्ट्र, राजसस्था पुनस्थापना, भष्ट्राचार नियन्त्रण नभए सम्म राप्रपाका आन्दोलनका कार्यक्रम यथावत रहने बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको