काठमाडौँ । मे १७ देखि २१ सम्म हुने अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघको बैठकको सहभागिता जनाउन नेपाल विद्यालय खेलकुद महासंघका महासचिव एवम् आईएसएफका कार्यकारी सदस्य राजकुमार कार्की चिन जाने भएका छन्।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको कार्यालयमा एक कार्यक्रमबीच शुक्रबार विदाई गरिएको हाे।
उक्त कार्यक्रममा पूर्व सभामुख तथा नेकपा माओवादीका उपाध्यक्ष, शशि श्रेष्ठ, सरल सहयात्री, राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष महेश्वर फुयाल लगायतको उपस्थिति थियो। महासचिव कार्की आइएसएफ विश्वविद्यालय फुटबल कप २०२४ को उद्घाटन कार्यक्रममा पनि सहभागि भएका थिए।




