सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य डिला सग्रौलाले अहिलेको सरकार कर्मकान्डि प्रवृत्तिमा लागि परेको बताएकी छिन।

नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ ले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै सग्रौलाले केपि ओली नेतृत्वको सरकारले गिरिबन्धु टिस्टेट जग्गा प्रकरणमा भएको अनियमितता माथि छानबिन गर्नुपर्ने बताएकी हुन।

बर्तमन सरकार कर्मकान्डी र कागजी प्रक्रिया पुर्‍याउन मात्रै लागि परेको छ, अहिलेको गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नस्सक्ने सग्रौलाले आरोप लगाइन्। एमाले, माओवादी लगायतको अहिले सरकार नागरिक प्रती उत्तरदायी छैन उसलाई कसरी हुन्छ सत्ता टिक्छ र कसरी सत्ता टिकाउने भन्ने खेलमा मात्रै लागि परेको उनको आरोप छ। देश भर सहकारीको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।,

गृहमन्त्री आफै सहकारीको रकम अपचलन गरेर दोषी देखिएका छन तर सरकार भने ढाकछोपमा लागि परेको छ। रास्वापाका सभापति रबि लामिछानेले आफू माथी आरोप लागेपछि पदमा बसिरहनु नैतिक रुपले दिदैन लामिछानेले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नु पर्ने सग्रौलाले बताइन्। नेपाली काङ्ग्रेस नागरिकको हितको लागि सधैं काम गर्ने पार्टी हो हामीले नागरिकको समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्ने छ। पार्टीको संगठनलाई बजबुद बनाएर लगे नेपाली काङ्ग्रेसले निर्वाचन कहिले नहार्ने उनेको जिकिर छ। त्यस्तै क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले पार्टीको जिम्मेवारी सगै नगरबासिको हितमा काम गरिरहेको उनले बताए। हामीले निर्वाचन जितेपछि बाह्रबिसे नगरपालिकामा नगरबासीको बिकास र हितको लागि सधै लागि परेको बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको