काठमाडौँ । दीपेन्द्रसिंह ऐरीको आक्रामक फिनिसिङसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई पराजित गरेको छ।

मंगलबार राति सम्पन्न खेलमा नेपाल ४ विकेटले विजयी भएको हो। भोलक्यानोजले दिएको १९७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपाललाई अन्तिम २ ओभरमा जितका लागि ३८ रन चाहिएको थियो। दीपेन्द्रले १९औँ ओभरमा ४ छक्का प्रहार गर्दै २४ रन दिलाए। उक्त ओभरमा नेपालले कुल २६ रन जोडेको थियो।

दीपेन्द्र २५ बलमा ५२ रन बनाउँदै अविजित रहे। अन्तिम ओभरमा सोमपाल कामीले १२ रन जोड्दै नेपाललाई जित दिलाए। सोमपालले ३५ रन जोडे। ओपनर कुशल भुर्तेल ४२ बल ७० रन बनाउँँदै आउट भए।

यसअघि पहिला ब्याटिङ गरेको भोलक्यानोजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। बलिङमा नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३ विकेट लिए।

विश्वकपको तयारीमा रहेको नेपालले भोलक्यानोजसँग थप २ अभ्यास खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको