
काठमाडौं : शंकरदेव क्याम्पसका सभापति सुशान्त बस्नेतले आफूहरुमाथी लागेको आर्थीक अनियमितताको आरोप मिथ्या भएको दाबी गरेका छन्।
आइतबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै बस्नेतले आफूहरुमाथि लागेको अनियमितता आरोपमा सत्यता नभएको जिकिर गरे। हुँदै नभएको कार्यक्रम भएको भनी क्याम्पस प्रशासनबाट पैसा माग गरेको र लाखौं रुपैयाँ अनियमितता गरेको आरोप लागेपछि बस्नेत आइतबार रिपोर्टर्स क्लव पुगेका हुन्।
उनले अनियमितताको आरोपमाथि छानविनमा सघाउने पनि बताए। ‘हामीलाई लगाइएको मिथ्या आरोप पनि अनुसन्धान गर्ने निकाय छ। अनुसन्धान प्रक्रियामा हाम्रो सहयोग रहन्छ र अनुसन्धानको नतिजा स्विकार्न तयार रहेको कुरा अवगत गर्दछौं,’ बस्नेतले भने। शंकरदेव क्याम्पसमा विभिन्न शिर्षकमा फर्जी डकुमेन्ट बनाएर ५० लाख बढी रकम अनियमितता भएको खबर केही सञ्चारमाध्यममा प्काशित भएका थिए। क्याम्पस प्रशासन र स्ववियुलाई बद्नाम गर्न चाहनेहरुले यस्तो हल्ला फिँजाइएको पनि उनले बताए।