लामोसाँघु । सिन्धुपाल्चोक जिल्ला लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा साँगाचोक युथ क्लबले सहज जित हासिल गरेको छ।

लामोसाँघुस्थित बसन्तपुर खेल मैदानमा सम्पन्न खेलमा साँगाचोकले न्यू जेनेरेसन क्लबलाई ३-० ले पराजित गरेको हो।

साँगाचोकको जितमा सागर रामुडामुले २ र कप्तान सुन्दर श्रेष्ठले १ गोल गरे।

खेलको चौथौ मिनेटमै गोल गर्दै कपतान सुन्दरले साँगाचोकको लागि शुरूआती अग्रता दिलाए।

त्यस्तै १२औँ मिनेटमा सागरले गोल गर्दै खेलमा साँगाचोकलाई २-० ले अगाडी बढाए। पहिलो हाफमै २-० को आरामदायी अग्रता बनाएको साँगाचोकको लागि सागरले पुन ७६औँ मिनेटमा गोल गर्दै ३-० को अग्रता दिलाए।

त्यसपछि बाँकी समय थप गोल नहुँदा साँगाचोकले जित हासिल गर्यो। जितसँगै समूह ए मा रहेको साँगाचोकले २ खेलबाट ३ अंक जोडेको छ। पहिलो खेलमा चौतारा स्पोर्टिङ क्लबसँग ४२ले पराजित साँगाचोकले महत्वपूर्ण ३ अंक जोडेको छ। पराजित जेनेरेसनले भने जारी सिजनको लिगमा हारबाट प्रतियोगिताको शुरूआत गरेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको