काठमाडौं । पछिल्लो समय खेलकुद प्रतियोगिताहरु स्थानिय स्तरमा हुन थालेका छन्। स्थानिय स्तरले आयोजना गर्ने खेलकुद प्रतियोगिताको व्यवस्थापन र त्यसको पूर्णता दिन केही हदसम्म चुकेको पाइन्छ।

खेलकुद प्रतियोगिताको ब्यस्थापन र सहज तरिकाले सम्पन्न गर्न। सही नेतृत्व, सहज खेलकुद परिपाटी आवश्यक पर्दछ। अनि मात्र खेलकुद प्रतियोगिताहरुले सहज ढंगले पूर्णता पाउन सक्छन्।

यसैको एक उदाहरण हो बागमती प्रदेशको आयोजनामा सम्पन्न भएको प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिता। चैत २५ गतेबाट सुरु भएको प्रतियोगिता बैशाख २ गते सम्पन्न भयो।

करिव ५ हजार खेलाडी सहभागिता भएको उक्त प्रतियोगिता बागमती प्रदेशको चितवन र हेटौंडामा सम्पन्न भयो। प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले उद्धाटन गरेको प्रतियोगितामा बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले समानपन गरे।

प्रदेश स्तरमा पहिलो पटक खेलकुद प्रतियोगिता समानपन गरेको बागमती प्रदेशले अब नयाँ आयोजकको प्रतिक्षामा रहेको छ। तर, हालसम्म कुनै पनि प्रदेशले प्रदेश खेलकुदको झण्डा लिन भने सकेको छैन्।

करिव १२ करोडको अनुमानित बजेटमा सञ्चालन भएको प्रदेश खेलकुद हाल १० करोडमा नै सकिने अनुमान गरिएको बागमती प्रदेश खेलकुद विकास परिष्दका सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए।

प्रतियोगितामा आफै आयोजक भएको बागमती प्रदेश ६१ स्वर्ण सहित पहिलो हुन सफल भयो। यसले पहिलो आयोजकका रुपमा बागमती प्रदेशलाई केही सहज भने भएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको बागमतीको यो प्रयासलाई राष्ट्रिय खेलकुद परिष्द र प्रदेश खेलकुद परिष्द हरुले सहज रुपमा आत्मसाथ गर्दै अन्य प्रतियोगिताका लागि तयार रहनु पर्ने आवश्यक देखिन्छ।

प्रधानमन्त्री प्रचण्डले पनि प्रदेश संरचनालाई नराम्रो भन्ने अवस्थामा बागमतीले एक राम्रो सबक सिकाएको बताएका थिए। उनले राष्ट्रिय खेलाडी उत्पान गर्न बागमतीले गरेको यो प्रयास सराहनिय भएको बताए।

‘प्रदेश संरचनालाई नराम्रो भन्ने व्यक्तिहरुका लागि ठूलो खेलकुद प्रतियोगिताको अयोजना गरेर बागमती प्रदेशले एक राम्रो उदारण दिएको छ। राष्ट्रिय खेलाडी उत्पादनमा यो प्रतियोगिताले राम्रो भूमिका खेल्नेछ भन्ने मलाई विश्वास छ,’ उनले भने।

यता बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश खेलकुद प्रतियोगितामा धेरै बाधा अवरोध आएपनि यसलाई सहज तरिकाले सम्पन्न गरेर देखाउँदा आफूहरुलाई नै खेलकुदमा धेरै ठूलो योगदान दिएको महसुस भएको बताए। खेलकुदमा बागमती प्रदेशले पछिल्लो समय गरेको प्रगति देख्दा आफूलाई खुसि लाग्ने बताए।

‘बागमती प्रदेशले यो प्रतियोगिता आयोजना गर्दा धेरै कुराहरु अबरोध भोग्नु परेको थियो। अहिले प्रतियोगिताको सफलतापछि मलाई नै धेरै खुसि लागेको छ,’ मन्त्री जम्कट्टेलले भने।

यता बागमती प्रदेशकी सामाजिक विकाश मन्त्री कुमारी मोक्तानले प्रदेश खेलकुद प्रतियोतिगाले बागमती प्रदेशबाट खेलकुद विकासमा एक नयाँ सन्देश दिन खोजेको बताइन्।

‘प्रदेश खेलकुद प्रतियोगिताबाट हामीले खेलकुद विकाशको एक आधार स्तम्ब देखाउन खोजेको हो। बागमती प्रदेशले यो खालको प्रतियोगिता आयोजना गरेर सुरुवात गरेको छ। प्रदेश खेलकुद प्रतियोगिता अन्य प्रदेशले आयोजना गर्दा पनि बागमती प्रदेशलाई श्रेय जानेछ,’ मोक्तानले भनिन्।

भरतपुर महानगर पालिकाकी मेयर रेणु दाहालले प्रदेश खेलकुदको अयोजना भरतपुरमा गर्दा आफूहरुलाई खुसि लागेको बताइन्। उनले निर्माणधिन गोतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नै उद्धाटन गर्दा नेपाल सरकारको गौरवको आयोजनाको रुपमा रहेको रंगशालाले पनि केही सकरात्मक सन्देश दिने बताइन्।

‘प्रदेश खेलकुदको आयोजना भरतपुरमा हुँदा धेरै खुसि लागेको छ। भरतपुर महानगरपालिका खेलकुद विकासमा पनि सकरात्मक भएको यसले सन्देश दिन्छ। हामी यस्तै खालको प्रतियोगिताको पर्खाइमा थियौं,’ दाहालले भनिन्।

बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव भण्डारीले प्रतियोगिताले खेल क्षेत्रमा धेरै सहयोग गरेको बताए। त्यस्तै यस्तो किसिमको खेलाडीहरुको सहभागिता र उर्जा देख्दा प्रतियोगिता मार्फत नेपाली खेलकुदलाई नै केही दिएको महसुस भएको बताए।

‘यो किसिमको खेलाडीको उर्जा र सहभागिताले नेपाली खेलकुदलाई नै केही दिएको महसुस भएको छ। खेलाडी उत्पादनको हिसावमा पनि हामीले केही सहयोग गरेका छौं। अहिले प्रदेश खेलकुदमा सहभागि भएका खेलाडी नै पछि गएर राष्ट्रको प्रतिनिधित्व गर्नेछन्,’ भण्डारीले भने।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको