लामोसाँघु । सिन्धुपाल्चोक जिल्ला लिग छनोटमा सिन्धुपाल्चोक फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।
लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा सुनखानी युथ क्लबलाई ३-१ गोलले पराजित गर्दै सिन्धुपाल्चोक एफसी फाइनलमा प्रवेश गरेको हो।
सिन्धुपाल्चोकको जितमा एलिक श्रेष्ठ २ र आर्यन काजी थापाले एक गोल गरे।
सिन्धुपाल्चोकले सिधै बाइ पाएर क्वाटरफाइनलमा प्रवेश गरेको थियो। उसले क्वाटरफाइनलमा सुनकोशी स्पोर्ट्स क्लबलाई पेनाल्टीमा ४-३ हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।
यता सुनखानीले पहिलो खेलमा लिसंखुपाखर युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको थियाे भने क्वाटरफाइनलमा शिखर युबा क्लबलाई २-० ले पराजित गर्दै सेमिफाइनल मा प्रवेश गरेको थियो।
सिन्धुपाल्चोक एफसीले अब उपाधिका लागि अधेँरी युवा क्लब र खुर्सानीबारी युव क्लबसँगको विजेतासँग खेल्नेछ।
दोस्रो सेमिफाइनल खेल अजै दिउँसो ३:३० बजे हुनेछ।



