कमल तिमल्सिना । सक्रिय राजनीतिक जिवनमा करिव दुई दशक भन्दा बढी समय ब्यतित गर्नुभएका डा. शशांक कोइराला आफ्नो पेशागत जिवनकालमा सबैका लागी प्रेरणा र हौसलाको स्रोत हुनुहुन्थ्यो।पेशाप्रतिको इमानदारीताले उहाँलाई त्यो उचाईमा पुर्याएको थियो भन्न सकिन्छ।सक्रिय राजनीतिमा प्रवेश गरेदेखिनै उहाँले लिनुभएको बाटो नेपाली राजनीतिभित्र एउटा आदर्श स्थापित गर्ने सेतु बन्दै गएको देख्न सकिन्छ।आलोचना र समालोचनाको विचवाट लोचक भएर हेर्दा उहाँमा आफ्नो पिताजिमा रहेको आदर्श व्यबहारको गहिरो प्रभाव परेको देख्न सकिन्छ।राजनीतिक योग्यताको मापक केलाइ मान्ने भन्ने विषयको हल खोज्न राजनीतिक पण्डित र बुद्धिजीवीहरुले निकै शास्त्रार्थ गर्लान र निचोड निकाल्लान तर अन्तिम निचोड तेहि निस्किने छ कि राजनीतिमा सर्वाधिक योग्य त्यो हुनसक्छ,जसले समाजलाई सत्यकुराको बोध गराउन सक्छ र एउटा मनुष्यको रूपमा व्यक्तिले धारण गर्नुपर्ने आदर्श आचरण र व्यबहारको ज्ञान उसले आफुमार्फत सम्प्रेषण गर्न सक्दछ जुन प्रयत्न डा.शशांक कोइरालाले गरिरहनुभएको छ।
राजनीतिमा बढी रुचि भएकोले र चाख राख्ने भएकोले मलाइ अक्सर राजनीतिका विषयलेनै बदी उद्देलित र रोमान्चित बनाउछ।अग्रज नेतृत्वको सामीप्यता महसुस गर्न पाउनु हरेक राजनीतिक कार्यकर्ताको चाहना हुने गर्दछ। म यसलाई फरक ढंगले बुझ्दछु र हेर्दछु।कार्यकर्ता र नेताको सम्बन्ध सत्ता र शक्ति हस्तान्तरणको भर्र्याङ् हैन एउटा सस्कार,अनुभव ज्ञान र सत्य हस्तान्तरणको सेतु बन्न सक्नुपर्छ जुन डा.शशांक कोइरालाको व्यक्तित्वभित्र भेटिन्छ।राजनीतिक जिवनमा उनले के गरे, के गरेनन् ? त्यो इतिहासले धेरै सम्झन्छ जस्तो लाग्दैन तर राजनीतिमा कस्तो सस्कार वसाले त्यो बढी ऐतिहासिक बन्दछ भन्ने लाग्दछ।कामकाजी राजनीतिक क्रियाकलापवाट ऊनीपनि अछुतो छैनन् तर तीब्र प्रतिक्रियावादी राजनीति,भ्रम र जालझेलको राजनीति अझ भनु सस्ता र शक्ति दाउपेचमा साम,दाम,दण्ड भेदको राजनीतिभन्दा उहाँ निकै माथी हुनुहुन्छ।
नेपाली समाजभित्र उही शृङ्खला टुटेको कारण आज सिङ्गो मुलुक दिशाहिन,अभिभावक बिहिन भएको छ जसले गर्दा सिङ्गो राष्ट्रका नागरिकमा व्यापक निराशा छाएको छ र पलायनता बढेको छ। यसलाइ चिर्न डा.शशांक कोइरालाले एक इँटा थप्दै पुन नेपाली समाजमा एउटा मानक स्थापित गर्न सक्नुहुन्छ भन्ने लाग्दछ। लोभ,तृष्णा,चाहना र महत्वाकांक्षालाई जितेको ब्यक्तिमात्र आज हाम्रो समाज र राष्ट्रले खोजेको नेतृत्व हो।
कमल तिमल्सिना
इतिहासका जतिसुकै महानतम व्यक्तिलाइ हामी उदाहरणको रुपमा लिउ त्यस्ता ब्यक्तिहरुको केन्द्रिय जीवन मूल्य समाजमा एउटा आदर्श र मानक स्थापित गर्नमानै खर्चेको देख्न सकिन्छ।अर्थात सामाजिक परिभाषा निर्माण गर्नमा ब्यतित भएको पाइन्छ।यो युगकै सर्वाधिक प्रिय गौतम बुद्ध हुन।उहाँले दु:खमय संसारबाट उन्मुक्तिकालागी त्याग,धैर्य,अहिङ्शा र शान्तिनै प्रमुख हुन भन्ने भाष्य स्थापित गराउनुभयो।जिवनमा संघर्षको मुल्य के हो भन्ने कुराको ज्ञान अब्राहम लिन्कनले बाड्न सक्नुभयो।
क्रुरता,निषेध,प्रतिसोध र घृणाको पर्यावाची बन्न पुगे हिटलर इतिहासमा एस्ता अनेकौं उदाहरण पाउँछौ जसको ब्यक्तित्वले समाजलाई नेतृत्व गरेको हुन्थ्यो।विपि कोइराला संघर्ष,जोखिम,निष्ठा र पारदर्शीताको केन्द्रबिन्दु हुनुहुन्थ्यो।त्यागको परिभाषा नेपाली समाजमा गणेशमानले स्थापित गराइदिनुभयो। सादगिपनको परिभाषा सुशील कोइरालाले स्थापित गराइदिनुभयो।नेपाली समाजभित्र उहि शृङ्खला टुटेको कारण आज सिङ्गो मुलुक दिशाहिन,अभिभावकबिहिन भएको छ । जसले गर्दा सिङ्गो राष्ट्रका नागरिकमा व्यापक निराशा छाएको छ र पलायनता बढेको छ। यसलाइ चिर्न डा.शशांक कोइरालाज्युले एक इँटा थप्दै पुन: नेपाली समाजमा एउटा मानक स्थापित गर्न सक्नुहुन्छ भन्ने लाग्दछ। लोभ,तृष्णा,चाहना र महत्वाकांक्षालाइ जितेको ब्यक्तिमात्र आज हाम्रो समाज र रास्ट्रले खोजेको नेतृत्व हो।
डा.शशांक कोइरालाका केही गुणहरु छन जसले बर्तमान राजनीतिक सोच र चिन्तनलाई एउटा मार्गदर्शन गराउन सक्दछ र समाजले अब हिड्नपर्ने बाटोको बारेमा दिशानिर्देश गराउन सक्दछ।
उहाँ विद्यार्थी भेट्दा उसलाई राम्रो अध्ययन गर्न प्रेरणा दिनुहुन्छ । डा भेट्दा आफ्नो पुर्व पेशाप्रतिको इमानदारिताको कथा सुनाएर हौसला दिनुहुन्छ । वकिल भेट्दा मेलमिलापको सुत्र बाड्नुहुन्छ,शिक्षक भेट्दा शिक्षकको दायित्व स्मरण गराउनुहुन्छ,महिला भेट्दा आफ्नै आमाको साहसिकता र चेतनाको कथा बुन्दै बर्तमान महिला आन्दोलनको सारतत्वको बोध गराउनुहुन्छ। ब्यापारी भेट्दा नैतिकताको मूल्य के हो भन्ने सिकाउनुहुन्छ । राजनीतिज्ञ भेट्दा आदर्श,निष्ठा र सदाचार सिकाउनुहुन्छ,पत्रकार भेट्दा सत्य संवादको अभ्यास दिलाउनुहुन्छ। समाजका प्रत्येक ब्यक्तिलाई आदर्श जीवन सिकाउने डा.शशांक कोइराला मेरो पुस्ताको लागि प्रेरणा हुनुहुन्छ।





