काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले कांग्रेस नेतृ आरजु राणाले गरेकाे दाबीकाे खण्डन गरेका छन् । हिमालय टेलिभिजनकाे `यक्ष प्रश्न´ कार्यक्रममा आइतबार उनले यसअघि राणाले साेही कार्यक्रममा गरेकाे दाबा झुट भएकाे बताए ।
भुटानी शरणार्थी प्रकरणमा नाम चर्चामा रहेका बेला राणाले यक्ष प्रश्नमा अन्तर्वाता दिने क्रममा वाग्लेलाई कांग्रेसले पटक पटक अवसर दिएकाे बताएकीथिइन् । कांग्रेसले वाग्लेलाई विदेशमा जागिर खानका लागि सिफारिस गरिदिएकाे राणाकाे भनाई थियाे ।
साेही विषयमा वाग्लेले चुनाैतिपूर्ण जवाफ दिँदै राणाकाे भनाई खण्डन गरे ।
` उहाँले ५ वटा दाबि गर्नुभा रहेछ । ४ वटा सरासर झुट र एउटा भ्रम छरेर जानुभाे । सक्कलि सामन्त र फेक एरिस्टाेक्र्याट ( नक्कली कूलिन) काे एटिच्यूटमा उहाँ प्रस्तुत हुनु भाे । हामीले स्वर्णीमलाई के मात्रै दिएनाैं भन्ने शैलीमा उहाँ प्रस्तुत हुनुभाछ ,` वाग्लेले भने!`हु इज आरजु देउवा ? ´
विदेशकाे कार्ड बोक्ने, छोरा फ्रीमा पढाएको आदि ईत्यादी आरोप लगाउनेहरुलाई एउटा मात्र प्रमाण ल्याउन चुनौती दिँदै उनले
प्रमाण पुष्टि भए राजनीतिबाट सधैको लागि विश्राम लिने घाेषणा पनि गरे ।



