विराटनगर : धर्मगुरू आचार्य श्रीनिवास सुनसरीकाे चक्रघट्टीबाट आज पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको पुष्टि गरे । श्री निवासले गाैहत्याकाे विराेध गर्दै हिंसा भड्काउने अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए ।



