काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ताबन्धन बन्दाकाे सहमतिमै कांग्रेस अडिग रहेकाे बताएका छन् । आज गणेशमान सिंहकाे २६ओै स्मृति दिवसमा अवसरमा आयाेजित कार्यक्रममा नेता सिंंहले राजनीतिक स्थिरताका लागि पनि सहमति कार्यान्वयन जरूरी रहेकाे बताए । कांग्रेस लाेकतान्त्रिक पार्टी भएकाले व्यक्तिगत धाारणा आउनु स्वभाविक भएपनि केन्द्रीय समिति बैठककाे निर्णयनै आधिकारिक भएकाे सिंहकाे भनाई थियाे ।
कांग्रेसका केही नेताले प्रधानमन्त्री फेर्ने बताइरहेका बेला सिंहले भने सहमति जे भएकाे हाे त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा सिंहले सर्वाेच्च नेता गणेशमान सिंहले राजनीतिक दलहरू मूल्यमान्यतामा चल्नुपर्नेमा जाेड दिने गरेकाे बताएका छन् । आज काठमाडौंमा आयाेजित सिंहकाे २६ ओै स्मृती दिवसकाे कार्यक्रममा बाेल्दै उनले ०४६ काे परिवर्तनपछि सिंहले मूल्यमान्यता र विधि पद्धतिमा चल्नुपर्ने धारणा राख्नुभएकाे बताए ।
`१५ वर्षभन्दा बढी जेल जीवन विताउनुभयाे । विभिन्न राजा र राणाहरूकाे अधिनायकवादी शासनले जेलमा राख्याे । अरू १५ वर्ष उहाँ निर्वासमा रहनुभयाे । यसैबाट उहाँले कती त्याा र संघर्ष गर्नुभयाे भन्ने थाहा हुन्छ,` सिंहले भने । उनले गणेशमान सिंंह समाजलाई आदर्शवान बनाउन चाहने र विधिपद्दतिअनुसार राजनीतिक दलहरू चल्नुपर्छ भन्ने गरेकाे स्मरण गरे ।



