
काठमाडौं : नेपाल तरूण दलमा ४ सय सदस्य थपेर केन्द्रीय समितिलाई पूर्णता दिएकाे दुई महिना वितेकाे छ । तर, अझै न त पद तथा गाेपनियताकाे सपथ गराइएकाे छ , न त बैठक नै बस्न सकेककाे छ ।
गत असार १३ गते तरूण दल विस्तार भएकाे थियाे । दुई महिनासम्म संगठनकाे कुनै गतिविधि नभएपछि केन्द्रीय सदस्य रुष्ट देखिन थालेका छन् । केन्द्रीय सदस्य सागर पाण्डेले फेसबुक वालमा पाेस्टर पाेस्ट गर्दै सपथ र बैठक नभएकाेमा प्रश्न गरेका छन् । साे पाेस्टर अहिले सामाजिक सञ्जालमा धेरै तरूण दलका नेता, कार्यकर्ताले पाेस्ट गरिराखेका छन् । तरूण दलमा विद्वान गुरूङ सभापति छन् । उनले दुई महिनासम्म पनि एउटा बैैैठक समेत राख्न सकेेका छैनन् ।