
काठमाडौं, ११ भदौ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ठूला काण्डहरूमा दोषी देखेका शीर्ष नेताहरूलाई गठबन्धनले जोगाएको आरोप लगाएका छन् । ललिता निवास जग्गा प्रकमरणमा निर्णय गराउने पूर्वप्रधानमन्त्रीलाई छाडेर सानालाई समातेकोप्रति आपत्ति जनाए ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले विषयान्तर गर्नको लागि धरानमा सत्ताधारी दलहरूले नै लफडा झिकेको आरोप लगाए । सत्य लुकाउन जनतालाई डाइभट गर्नको लागि धरानमा साम्प्रदायिक प्रसंग उठाएको बताए ।
गौर हत्याकाण्डको पनि १७ वर्षसम्म छानबिन नगरेको उनको भनाइ छ ।