काठमाडौं, ११ भदौं । संसदीय समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा निर्वाचन भएको नौं महिना पछि ९ वटा समितिको सभापति सर्वसम्मत चुनिए पछि आज संसदीय समितिको बैठक बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार सवै समितिको बैठक दिउँसो ३ बजे बोलाईएको छ ।

उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुने सम्भावना रहेको छ ।

जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने देखिएको हो ।

सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाए पनि रास्वपाले पनि उम्मेदवारी दिए पछि सो समितिमा सम्भवतः निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको