काठमाडौ, १० भदौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.०२ रुपैयाँमा कारोबार हुनेछ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.८१ रुपैयाँ कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.७१ रुपैयाँ र बिक्री दर ८५.०९ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसामा खरिदबिक्री हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसा मुल्य तोकेको छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसामा खरिदबिक्री गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँ रहेको छ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँ कायम भएको छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२७.५३ पैसा विक्रीदर ४२९.४७ पैसा मुल्य तोकिएको छ ।