एजेन्सी, १० भदौ । म्यानचेस्टर युनाइटेडले सानदार कमब्याक गर्दै इंग्लिस प्रिमियर लिगमा नटिङघम फरेस्टलाई ३-२ गोल अन्तरले हराएको छ।

खेलको चार मिनेटभित्रै २ गोल खाएको युनाइटेडले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल फर्काएको हो।

युनाइटेडको घरेलु मैदानमा सुरुवाती चार मिनेटमा लगातार दुई गोल गर्दै नटिङघमले घरेलु समर्थकलाई स्तब्ध पारेको थियो।

यसपछि १७ औं मिनेटमा क्रिस्टियन एरिक्सनले एक गोल फर्काए भने दोस्रो हाफमा क्यासेमिरो र ब्रुनो फर्नान्डेसले गोल गर्दै म्यानचेस्टर युनाइटेडको जित पक्का गरेका थिए।तीन खेलमा यो दोस्रो जितपछि ६ अंक​​​​​​सहित लिगको छैठौं स्ठानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको