
काठमाडौं : नेपाल विद्यार्थी संघले इञ्जिनियरिङ अध्ययन संस्थाले गरेकाे शुल्कवृद्दि फिर्तासहितका शैक्षिक माग राखेर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने भएकाे छ । संघले आईतबार दिउँसाे ११ बजे बालुवाटार घेर्न लागेकाे हाे ।
इञ्जिनियरिङमा गरिएकाे १ सय ४४% शुल्कवृद्दि फिर्ता हुनुपर्ने, त्रिवि र इञ्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर फर एक्सिलेन्सका रूपमा लिई अनुदान बढाउनुपर्ने, सबै विश्वविद्यालयमा इञ्जिनियरिङ संस्थामा एकरूपता ल्याउनुपर्ने र विद्यार्थीकाे विदेश पलायनलाई राष्ट्रिय संकट घाेषणा गर्न नेविसंघको माग छ ।