मैले खोजेको स्वतन्त्रता यस्तो थिएन!
तिमीले गोहत्या गर्यौ –- म बोलिनँ
तिमीले मन्दिरै छेऊ चर्च बनायौ – म बोलिनँ
तिमीले पशुपतिमा बाइबल बाँड्यौ – म बोलिनँ
तिमीले छ्योर्तेनको ठाऊँमा क्रुस ठड्यायौ – म बोलिनँ
तिमी जब मैँमाथि जाई लाग्यौँ
मेरा लागि बोलिदिने कोही थिएन!
सबै, आफैँ-आफैँ चिच्याइ-रहेका थिए
सबै, आफैँ-आफैँ भागदौड गरि-रहेका थिए
खुकुरी, खुँडा र तरबार नाचि-रहेका थिए
तिनले घर जलाए, मठ-मन्दिर जलाए
गुम्बा जलाए, गिर्जाघर जलाए
मस्जिद जलाए, मुन्दुम जलाए
वेद, बाइबल, त्रिपिटिक, कुरान जलाए
सबैले जिते – जितेर हारे!
विश्वमा यस्तो नभएको होइन
आँखा देख्नेहरू समयमैँ, नरोएको होइन
कसैका लागि बोलिदिने कोही थिएन
मैले खोजेको स्वतन्त्रता यस्तो थिएन!
०७ भदौ २०८०
( रविन्द्र मिश्रकाे फेसबुकबाट)