
सिन्धुपाल्चोक, ७ भदाै । स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले जनतले अनुभुति गर्नेगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने वनाउनु भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माण सम्बन्धि कार्यक्रमहरुकाे वार्षिक समिक्षामा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले जनप्रतिनिधिहरुले पनि राम्रो काम गरेको छ है भन्ने गरी जनताकाे अपेक्षा अनुसार काम गर्ने वताउनु भएको हाे ।
“हामीले एक सय दिनकाे काम सार्वजनिक गरिसकेका छाैं । अहिले सरकारी अस्पतालमा विरामीकाे चाप बढ्दै छ । राम्रो भएर नै सरकारीमा चाप भएको हाे ।अझै राम्रो बनाउन लाग्नेछाैं । भनसुनकाे भरमा ८ सय भन्दा बढि स्वास्थ्यकर्मी काजमा केन्द्रमा नै बसेका थिए, अहिले त्याे सबै अन्त्य भएको छ । नेपालकाे इतिहासमा पहिलाे पटक स्वास्थ्य मन्त्रालयमा भनसुनकाे भरमा काम गर्ने पद्धतिकाे अन्त्य भएको छ ।” मन्त्री बस्नेत भन्नुभयो, ” नेपालकाे मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तर्राष्ट्रियस्तरमा समेत भनिरहेकाे अवस्था छ । माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावरण मिलाइदिनुस् भनेर अनुराेध समेत गर्नुभएको छ । हामीले यहाँ मेडिकल शिक्षा सहजरूपमा दिने वातावरण नमिलाउने हाे भने पाँच वर्षपछि डाक्टर र नर्सकाे अभाव हुन्छ । याे कुरालाई ध्यान दिएर स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने हाे । अव तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसाेचेकाे परिवर्तन गर्छु।”
मन्त्री बस्नेतले अहिले देशभरका संघीय अस्पतालहरुमा मात्रै ३ हजार ५ सय बेडमा निशुल्क उपचार हुने व्यवस्था रहेकाे र आगामी दिनहरुमा अझै बृद्धि गर्ने वताउनु भयाे । उहाँले आफ्नो अनुरोधमा बागमती प्रदेश र मधेश प्रदेशका अस्पतालहरुले समेत निशुल्क उपचारमा सहयाेग गरिरहेको वताउनु भयाे ।