काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसकाे अबकाे मूल एजेन्डा आर्थिक क्रान्ति भएकाे बताएका छन् । आज काठमाडौं क्षेत्र नं ३ ले आयाेजना गरेकाे कार्यक्रममा नेता सिंहले यस्ताे बताएका हुन् ।

त्यस्तै उनले ईतिहास बनाएका राजनीतिक दलले इतिहासकै कुरा गर्ने पनि बताए । `जुन राजनीतिक दलले ईतिहास बनाउन सकेकाे छ उस्लेनै  ईतिहासकाे कुरा गर्ने हाे । जुन पार्टीले ईतिहासै बनाउन सकेका छैन तिनले कांग्रेस ईतिहासकाे मात्रै कुरा गर्छ भन्ने आराेप काे पछि नलाग्नुस्,´ सिंहले भने, कांग्रेसकाे ईतिहास छ। ईतिहासकाे कुरा पनि गर्छ जनचाहाना अनुरुप बदलिएको समय अनुसारको कार्यक्रम पनि लिएर जान्छ ।´

उनले केही हुँदै भएन, पुरानो पार्टीले केही गरेन भन्नेहरुकाे पछि नलागि जन चाहान अनुरूप सबै काम गर्न नसके पनि ०४६ पछि काे बिकास र प्रगतिलाई ख्याल नठान्न समेत आग्रह गरे । अब आर्थिक क्रान्ति कांग्रेस काे मुल एजेन्डा रहनु पर्ने भन्दै  नेता सिंहले भने,` पार्टीभित्र न्याय भएन भन्ने कुरा उठिरहेको छ । समान अवसरकाे ब्यवस्थापनमा कांग्रेसले ध्यान दिनुपर्छ ।´

कार्यक्रममा बाेल्दै कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेस का निर्वाचित जन प्रतिनिधिले गर्ने कामले कांग्रेसलाई हेर्ने धारणा तय गर्ने भन्देै जिम्मेवारपूर्वक काम गर्नुपर्ने बताइन् । बाग्मति प्रदेश सभापति ईन्द्र बानियाँले पार्टीकाे जिम्मेवारीमा  रहेकाले आआफ्नो ठाउँबाट जिम्मेवारीबाेध गरेर पाटि संगठन मजबुत बनाउन लाग्नुपर्ने बताए । कार्यक्रममा काठमाडौ सभापति सबुझ बानियाँ माननीय सन्ताेष चालिसे लगायत ले बिचार राखेेे थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको