पाेखरा : नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसले सोमबार इन्जिनियरिङ अध्यान संस्थानले गरेको शुल्कवृद्धिको विरुद्ध आन्दोलन गरेको छ। सोमबार बिहान १० बजे क्याम्पस प्रशासन अगाडि ई. अ. सं को पुत्लामा पैसाको माला लगाएर नेविसंघले शुल्कवृद्धि विरुद्ध सांकेतिक प्रदर्शन गरेको थियो ।
ई. अ. सं ले गरेको शुल्क वृद्धि एकदमै अव्यवारीक रहेको र विद्यार्थीको आधिकार र भविष्यसँग जोडिएको कुरामा इन्जिनियरिङ अध्यान संस्थानले विद्यार्थीलाई नै पेलेर एकलौटी रुपमा गरेको निर्णय नेविसंघलाई मान्य नहुने नेविसंघ पश्चिमाञ्चल क्याम्पसका सभापति विविसन ओलीले बताए।
दोस्रो चरणको आन्दोलन स्वरूप पुनः नेविसंघले राँके जुलुस निकालेको थियो। उक्त कार्यक्रमको सञ्चालन नेविसंघका सचिव रवीन्द्र भुसालले गरेका थिए भने सो आन्दोलनमा सभापति विविसन ओलि, केन्द्रिय सदस्य रेजिना खड्का ,नेता दिवस सिलवाल सहित नेपाल विद्यार्थी संघका साथै अन्य विद्यार्थीहरु उपस्थित थिए।