काठमाडौँ, ६ भदौ । आगामी भदौ १३ गते देखि सुरु हुने आसन्न संस्करणको एसिया कपका लागि नेपाली क्रिकेट टोली बुधबार पाकिस्तान पुगेको छ । अगस्ट ३१ देखी सुरु हुने एसिया कपका लागि पाकिस्तानको कराँचीमा अभ्यास गर्नेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा पाकिस्तानसँग १३ भदौमा खेल्ने तालिका छ । त्यस्तै, नेपालले दोस्रो खेल १८ भदौमा भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल श्रीलंकाको क्यान्डीमा हुनेछ ।

नेपालले पहिलोपटक भारत र पाकिस्तानसँग क्रिकेट खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको