काठमाडौं, ५ भदौ । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायसहितको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई पठाएको छ।
अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पठाएको सीआईबीका प्रवक्ता दिनेश आचार्यले बताए।
सीआईबी स्रोतका अनुसार यो प्रकरणमा सीआईबीले २ सय भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन राय दिएको छ। त्यसमध्ये ५० को संख्यामा जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाउनुपर्ने सीआईबीको प्रस्तावित राय छ।