काठमाडौं, ४ भदौ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ।
आज बसेको बैठकले संसदीय सुनुवाइपछि श्रेष्ठको नाम अनुमोदन गरेको हो । श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गरेका थिए । उनले न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनको लागि १८ पन्ने योजना पेश गरेका थिए ।
संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको थियो । सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।