
काठमाडौं : महिला विश्वकपको उपाधि जितसँगै स्पेनले नयाँ इतिहास रचेको छ । आज भएको फाइनल खेलमा इङ्ल्याण्डलाई १–० गोल अन्तरले हराएर स्पेनले उपाधि उचालेको हो । स्पेनको जितमा खेलको २९औं मिनेटमा ओल्गा कार्मोनाले निर्णायक गोल गरिन् । फाइनल खेलमा स्पेन हावी भएको थियो । कुल १३ सट प्रहार गरेको स्पेनले ५ सट अन टार्गेट हान्यो भने बल पोसेसन पनि ५८ प्रतिशत आफ्नो पक्षमा पार्न सफल भयो । इङल्याण्डले कुल ७ सट हान्दा ३ सट अन टार्गेट हानेको थियो ।दुवै टिम पहिलो पटक फाइनल पुगेका हुन् । सेमीफाइनलमा इङल्यान्डले घरेलु टोली अस्ट्रेलियालाइ तीन एक र स्पेनले स्विडेनलाइ दुइ शुन्य गोलले पराजित गरेका थिए । सिड्नी स्थित स्टेडियममा जस्ले जीत हात पारेपनि इतिहास बन्नेछ । इङल्यान्ड २००३ यता महिला विश्वकपमा दुवै युरोपियन देश फाइनल पुगेको यो पहिलो पटक हो । त्यती वेला जर्मनी स्विडेनलाइ हराएर पहिलो पटक विश्व च्याम्पियन बनेको थियो ।
र