
काठमाडौ : नेपाली कांग्रेसकाे केन्द्रीय कार्यालयमा जारी नेविसंघका असन्तुष्ट पक्षकाे रिले अनसन ताेडिएकाे छ । कांग्रेस केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष राजीव ढुँगानाकाे राेेेहबरमा सहमति जुटेकाे हने । कांग्रेसले ७ सय १० सदस्यीय तदर्थ समिति बनाएपछि याे पक्ष असन्तुष्ट थियाे ।
तदर्थ समिति ७ दिनभित्र विस्तार गर्ने र संघकाे १२ओै महाधिवेशनकाे मिति ताेक्ने सहमतिपछि रिले अनसन ताेडिएकाे अनसरत पक्षका नेता विनाेद शाही ठकुरिले बताए । अध्यक्ष दुजाङ शेर्पाले शनिबार विज्ञप्ति जारी गर्दै विशिष्ट अवस्थामा पार्टीले ठुुलाे समिति बनाएकाे, आफू छुटेका नेता समेट्न सकारात्मक रहेकाे भन्दै १२ओै महाधिवेशन सुनिश्चितताका लागि संवादबाट हल खाेज्न अपिल गरेका थिए ।