काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ । शनिबार राप्रपा वरिष्ठ नेता नवराज सुवेदीको निवास मैेजुबहालमा अध्यक्ष लिङ्देन, कांग्रेस नेताद्वय केसी र लोकेश ढकाल बीच अनौपचारिक राजनीतिक भेटघाट भएको हो ।

भेटघाटमा राष्ट्रिय राजनीतिका विविध पाटोमा रोचक कुराकानी भएको कांग्रेस नेता लोकेश ढकालले आफ्नो ट्विटरमार्फत जानकारी दिएका छन् । ढकाल कांग्रेसभित्र गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे पुनर्विचार गर्नुपर्ने लाइनमा निरन्तर उभिने नेताको रुपमा चिनिन्छन् ।अनाैपचारिक भनिएपनि याे भेटलाई अर्थपूर्ण ठानिएकाे छ ।

सुवेदी निवासमा यसअघि शेखर काेइराला पनि पुगेका थिए । हिन्दु राष्ट्र र राजतन्त्र  पक्षधर वरिष्ठ पत्रकार युवराज घिमिरे र संघीयताकाे विपक्षमा उभिँदै आएका संविधानविद् भीमार्जुन आचार्य पनि सुवेेदी निवास पुगिरहन्छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको