काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले स्वास्थ्यमा समस्या भई उपचारारत कांग्रेस नेताहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शनिबार कोइरालाले लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाललाई धुम्बाराहीस्थित उनको निवासमै पुगेर भेट्नुभयो । केही दिन यता अस्वस्थ भएपछि खनाल घरमै आराम गरिरहेका छन् ।
कांग्रेस केन्द्रिय सदस्य एवं सांसद सञ्जय गौतमका पिता पुराना कांग्रेस नेता किशोरकुमार गौतमको स्वास्थ्यबारे पनि कोइरालाले जानकारी लिएका छन् । गौतमको भक्तपुरको काठमाडौ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । त्यस्तै, वीर अस्पतालमा उपचार गराइरहेका नेविसंघका पूर्वमहामन्त्री डा.राजाराम कार्कीलाई पनि भेटेरै कोइरालालाले स्वासथ्यलाभको कामना गरे ।
‘पार्टी भनेको परिवार हो । परिवारका सदस्य विरामी हुँदा चिन्ता र चासो हुन्छ नै ,’ भेटमा सँगै रहेकी कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाले भनिन्,‘ पूर्वमहामनत्री शशांक डा. साप उहाँहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझ्नुभयो । उहाँहरुको स्वँस्थ्यलाभको कामना गर्नुभयो ।’ शशांक आफै चिकित्सक पनि हुन् ।