काठमाडौं : सिन्धुपाल्चोकबाट नेविसंघमा मनाेेनित र नवनिर्वाचित प्रेस युनियन जिल्ला समितिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ । कांग्रेस महासमिति सदस्य एवं तरूण दलका केेेन्द्रीय सदस्यद्वय भरत खड्का र सुनिल दाेङले नवनियुक्त नेविसंघ र प्रेस युनियनका लागि बधाई कार्यक्रम आयाेजना गरेका हुन् ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य सांसद समीर तामाङले नेविसंघ र प्रेस युनियनकाे साथमा सँधै आफू रहेकाे बताए । नेविसंघ र प्रेस युनियनमाजस्तै अब कांग्रेसकाे राजनीतिमा पनि सिन्धुपाल्चोककाे सहभागिता बढाउनुपर्नेमा जाेड दिए ।

तरूण दल केन्द्रीय सदस्य खड्काले सबैका बिचमा परिचय हाेस् भनेर शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम आयाेजना गरिएकाे बताए । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, नेविसंघका जिल्ला पदाधिकारी, पत्रकार महासंघका पूर्व अध्यक्ष ऋषिराम पाैडेल, प्रेस युनियन काठमाडौंका पूर्वअध्यक्ष जगन्नाथ दुलाल, संसदीय मामिला पत्रकार समाजका पूर्वमहासचिव विष्णु खड्का लगायतकाे सहभागिता थियाे ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको