काठमाडौं ।नेपाल आरोहण खेल संघ (नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसन) को छैटौं अधिवेशनले हरिप्रसाद धरेलकाे अध्भयक्षतामा नयाँ कार्यसमिति गठन गरेकाे छ । शनिबार काठमाडौंको बसुन्धरास्थित गोधुली फुडल्याण्ड एन्ड इभेन्टसको सभाहलमा सम्पन्न भएको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेकाे छ ।
अध्यक्षमा धरेल, रमेश पौडेल वरिष्ठ उपाध्यक्ष, सुनारबहादुर गुरुङ र लाक्पा शेर्पा उपाध्यक्षमा तथा सन्तोष मादेन महासचिवमा निर्वार्चित भएका छन्। त्यसैगरी सचिवमा सुजित कँडेल र सञ्जीव गुरुङ निर्वाचित भएका छन्।
त्यस्तै कान्छी डोमा ह्योल्मो कोषाध्यक्ष, प्रणिल श्रेष्ठ, सहायक कोषाध्यक्ष, अशोक लामा, डोलेन्द्रराज दाहाल, मानराज सिम्खडा, रामकाजी तिवारी, राजेश धरेल, मञ्जु श्रेष्ठ र शिवबहादुर सापकोटा सदस्यमा चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेल्कुद परिषद्का सदस्य सचिव टंक घिसिङले एउटै क्षेत्रका विभिन्न नाम गरेर संस्था राखेपमा दर्ता गर्न आएको बताए । त्यसलाई चुस्त बनाउने उनको प्रयत्न रहेको बताए।
यस्तै, नेपाल ओलम्पिक कमितिका अध्यक्ष जीवनराम श्रेष्ठले नयाँ कार्यसमितीलाई खादा ओढाएर बधाई तथा शुभकामना दिन्दै यो संघ नेपालको सहासिक खेल पर्यटन भएकोले सिंगो राष्ट्रको विशेष चासोको रुपमा हेरिएको बताए।
उनले भने, ‘अन्तराष्ट्रिय क्षेत्रमा मान्यता दिलाउन र प्रतियोगितामा प्रतिस्पर्धा दिलाउन ओलम्पक कमिटीले सहकार्य गर्ने छ।’