
काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्मा थुनामुक्त भएका छन् । बिहिबार गाेल्फुटारस्थित निवासबाट पक्राउ परेका शर्मा अदालतकाे आदेशपछि थुनामुक्त भएका हुन् ।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले हिरासतमा राख्न अस्वीकार गरेको हाे ।