काठमाडौं : वरिष्ठ अधिवक्ता यदुनाथ खनालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नककली सर्टिफिकेटको प्रकरणमा पक्राउ गर्न र मुद्दा चलाउन नसक्ने बताएका छन् । नक्कली सर्टिफिकेट प्रकरणमा कांग्रे सांसद सुनिल शमाृसहित ६ जना चिकित्सक पक्राउ परेका छन् । सीआईबीले कथित नक्कली प्रमाणपत्रधारी डाक्टर माथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ७ जना पक्राउ परेका छन्। शुक्रबार बिहान धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी थिइन्।
त्यसैगरी, बिहीबार दिउँसो मेडिकल व्यवसायी एवम् प्रतिनिधि सभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो। त्यसपछि त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई अपरान्हतिर पक्राउ गरिएको थियो। सोही दिन साँझ डा.रामबाबु यादव , डा.एरिना यादव र डा. रञ्जितकुमार यादव पक्राउ गरेको थियो।

वरिष्ठ अधिवक्ता खनालले आफ्नो फेसबुकवालमा नक्कली सर्टिफिकेटको विषय अख्तियार दुरुपयोग अनुसनधान आयोगको क्षेत्राधिकारमा पर्ने दाबी गरेका छन् ।

उनले लेखेका छन्,
कुनै पनि रास्ट्रसेबकले नक्कली प्रमाणपत्र पेश गरि सार्बजनिक जबाफदेहिको पदमा रहेको भए यसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्छ र अनुसन्धान अधिकृतको प्रतिबेदनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल सरकार बादी भै बिशेष अदालतमा मुद्दा दायर गर्ने कानुनि ब्यबस्था छ, तर पनि केहि अनलाइन समाचारहरुमा नक्कली प्रमाणपत्रको अभियोगमा सि आई बि ले माननीय सासद डा सुनिल कुमार शर्मा पक्राउ परेको भन्ने समाचार सम्प्रेषण गरि राखेका छन् । सिआईबिले नक्कली प्रमाणपत्रका बिषयमा मानिस पक्राउ गर्ने, म्याद थप गर्ने र बिशेष अदालतमा मुद्दा दायर गर्न कुनै हालतमा सक्दैन, न त आफैले भारतिय प्रमाणपत्र सक्कली वा नक्कली भन्ने अनुसन्धान गरि भारतिय प्रमाणपत्र किर्ते गरेको भनि किर्ते मुद्दा नै चलाउन सक्छ । लोकोक्ति छ ‘दाल मे कुछ काला है’ हेरौ मुद्दाको रुपरङ नै फेरिएर आउन पनि सक्छ, किनभने निजलाई जसरि पनि थुनामा राख्नुपर्छ भन्ने सरकारको ध्येय हुन सक्छ

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको