काठमाडौं : गाेकर्णेश्वर नगरपालिकाले भाेलि निशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने भएकाे छ । गाेकर्णेश्वर नगर अस्पतालमा विहान ८ बजेबाट शुरू हुने शिविर दिउँसाे ३ बजेसम्म चल्ने नगरप्रमुख दिपक रिसालले बताए । केहि दिन यता आँखा राताे हुुने, पाक्ने समस्या संक्रमणकै रूपमै फैलिएकाे छ ।
नगरपालिकाभित्र पनि अहिले आँखाकाे समस्या देखिएकाे भन्दै नगरपालिकाले आँखा परिक्षणसहित ओैषधी वितरण गर्न लागेकाे हाे । त्यस्तै नगरभित्रका विद्यालयमा विद्यार्थीहरूमा समस्या देखिएमा नगर अस्पताल पठाइदिन अभिभावक र विद्यालयलाई नगरले भनेकाे छ ।