काठमाडौं । सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छ । सभामुखकाे पहलमा आज बसेकाे बैठकले संसद खुलाउने सहमति गरेकाे हाे ।

संसदको अवरोध हटाउनेबारे मंगलबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएको थियो । बालुवाटारमा बसेको बैठकमा एमालेले सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्यायो । तर प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत भएनन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने सीआईबीको अनुसन्धानले पुगेन भने थप छानबिन गर्न प्रधानमन्त्री तयार रहेको बताए ।

एमाले सचेतक महेश बर्तौलाका अनुसार प्रहरीले गरिरहेको अनुसन्धानलाई निरन्तरता दिने गरी अरु छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन प्रस्ताव गर्दा पनि सरकार तयार भएन । बरु सत्ता पक्षले गृहमन्त्री जवाफ दिन आउँदा पनि प्रमुख प्रतिपक्षले दिएन भन्ने भ्रम छर्न प्रयास गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको