काठमाडौं : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे राजनीतिक प्रतिवेदनमा पूर्ण समर्थन रहेकाे बताएका छन् । तर, कतिपय मिडियाले गलत समाचार सम्प्रेषण गरेकाे उनकाे आराेप छ ।


`माओवादी केन्द्रीय समितिको जारी वैठकमा वोल्ने करिव शतप्रतिशतले नै अध्यक्षको राजनीतिक प्रतिवेदनको पुर्ण समर्थन गरेका छन्, करिव शतप्रतिशतले नै सरकारको भष्ट्राचार विरोधी अभियानलाई सलाम गरेका छन् , करिव शतप्रतिशतले नै ' तत्कालका लागि ' अध्यक्ष प्रचण्डको नेतृत्व निर्विकल्प भएको स्पष्ट धारणा राखेका छन्´, उनले फेसबुकमा लेखेका छन्,`   योसंगै पार्टी रुपान्तरण र संगठन सुदृढीकरणका पक्षमा पनि सवैले राय, सुझाव राखेका छन्। तर कतिपय मिडियाले यसको ठिक उल्टो र वैठकको स्पिरिट विपरित अफवाह फैलाउने ढंगले निरन्तर समाचार संप्रेशण गरिरहनु चांहि आश्चार्जनक छ।´

 

 

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको