पर्वत : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले पार्टी सुदृढीकरणका लागि पहिला स्वयं कार्यकर्ताले आचरण सुधार्नुपर्ने बताएकी छन् । कांग्रेसले केन्द्रले ताेकेबमाेजिम संगठन सुदृढीकरणका लागि थपलिया शनिबार पर्वत पुगेकी छन् ।

आइतबार आयाेजित पार्टी संगठन सुदृढीकरण कार्यक्रममा बाेल्दै उनले तल देखि माथिसम्म नेता कार्यकर्ताले आचरण सुधार्नुपर्ने बताइन् । `३० गते सम्म सबै वाडामा कार्यक्रम नसकिए थप केहि दिन पर्वत नै बसेर पार्टिले दिएको निर्देशन हुबहु सम्पदन गरेर मात्र काठमाडौं फर्किन्छु,´ थपलियाले भनिन् ।

नयाँ पार्टिको सन्दर्भमा बाेल्दै उनले छिमेकिको झिलिमिली घर देखेर उसैको घरमा डेरा सर्ने नगरि आफ्नो घरलाइ नै सिङगारेर बलियो बनाएर बस्नुपर्ने भन्दै पर्टि छोडेर जान नहुने धारणा राखिन् । पार्टिलाई आफ्नो परिवार र पार्टिका सबै सदस्यलाई परिवरको सदस्य जस्तै ब्यबाहर गर्नुपर्ने पनि उनले बताइन् ।`पार्टीमा गुट हुन्छ तर गुट लाई फुट को रुपमा लिन हुन्न, ´ उनले भनिन् ।

कांग्रेसले साउन २० देखि ३०सम्म देशैभर संगठन सदृढिकरण अभियान चलाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको