
काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले संगठन सुदृढीकरणका लागि प्रदेश सदस्य कुमार दुलाललाई रामेछाप प्रतिनिधि ताेकेकाे छ । कांग्रेसको साङ्ग्ठनिक सुदृढीकरणका लागि विशेष आन्तरिक अभियान अन्तर्गत रामेछाप जिल्लाको प्रदेश क मा दुलाललाई जिम्मेवारी दिइएकाे हाे ।
कांग्रेस केन्द्रीय समितिले साउन २०-३० सम्म विशेष आन्तरिक अभियान चलाउने निर्णय गरेकाे थियाे । साेही निर्णयका लागि बाग्मति प्रदेश समितिले पनि प्रतिनिधि खटाएकाे हाे । जिल्ला जाने प्रतिनिधले संगठनकाे प्रतिवेदन बुझाउनेछन् । नेविसंघकाे पृष्ठभूमिबाट आएका दुलाल कांग्रेसकाे बाग्मति प्रदेश समितिका प्रभावशाली नेेता मानिन्छन् ।