
काठमाडौं : बिपी काेइराला युवा नेतृत्व विकास मञ्चले साउन १५ काे अवसर पारेर खिर खाने कार्यक्रम आयाेजना गरेकाे छ । आपसी सद्भाव र एकताका लागि श्रावण-१५ को खिर खाने कार्यक्रम आयाेजना गरिएकाे मञ्चकी नेतृ एवं कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाले बतइन् ।
बिपी कोईराला युबा नेतृत्व विकास मञ्चद्वारा आयोजित खिर दिबस ( खिर खाने ) कार्यक्रमकाे शुरूवात कांग्रेस पूर्व महामन्त्री बिपी पुत्र शशांक काेइरालाले गरे । कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू प्रदीप पाैडेल, नैनसिंह महर, प्रतिमा गाैतम, मधु आचार्य, लक्ष्मि खतिवडा, भातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।