काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले ललिता निवास र नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोल्दै गर्दा कांग्रेसले तागत दिएको बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

‘ सरकारले फाइल खोल्दै गर्दा तागत दिने काम सशक्तिकरण गर्ने काम हामीले गरेका हौँ। ‍ नेताहरू पर्नु भयो होला । कानुन बनाउँदा कांग्रेसका नेतालाई नलाग्ने भन्ने त हुँदैन। हामीले बनाएको कानुनमा हाम्रै नेताहरू पर्नु भयो भने हामीले कानुन कमजोर बनाउन खोजेनौँ। अहिले अरू दलले निलम्बन गर्यो गरेन भन्नेमात्रै होइन,’ उनले भने,‘कांग्रेसले गरेको कर्म जनतामाझ बुझाउनुपर्छ। आलोचनाका विषय थुप्रै आएका छन्। महामन्त्रीमध्ये एकदुई जेठो भएकोले मैले भन्नैपर्छ। ’

त्यस्तै उनले सभापतिलाई महामन्त्रीले खुइल्याए भनेर टिप्पणी गरेकोप्रति पनि जवाफ दिए । ‘सभापतिलाई गाली गरेर भन्ने शब्दावली आएको छ। गाली र आलोचनाको पृष्ठभूमी बुझ्नुपर्छ। आलोचना र गालीको बीचमा फरक हुन्छ। यो कांग्रेस पार्टी हो। यो कुनै कम्युनिस्ट पार्टी होइन। प्रतिपर्धी दलमा के भयोरु प्रतिस्पर्धीलाई मत नदिनू भनेर लिस्ट बाँडियो,’, उनले भने, ‘ महामन्त्री बनाइएको हो कमजोरीलाई सच्याएर केलाएर जानका लागि हो। केन्द्रीय सदस्यको मनोनयन गरौँ भन्दा साथीहरू गाली भन्नुहुन्छ सभापति केही भन्नुहुन्न।’

शर्माले अरु के भने ?

नेपाली कांग्रेसले कसैलाई बिर्सिँदैन। हामी केही नवीनतामा जानु आवश्यकता छ। हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुनुपर्छ। सहमहामन्त्रीहरूबाटै कुरा गरौँ। कोही केन्द्रीय सदस्यको हात खाली नराखौँ काम गरौँ। वृहत युवा उद्यमशीलता चलाउन जरुरी छ। भ्रातृ संस्थाबारे केही कुरा गरौँ।कानुन हातमा लिनोलई सदस्यता खारेज गरेर जानुपर्छ। कतै कालोमोसो दले सिंगो कांग्रेस् बद्नाम भइरहेको छ।

बाहिर नेपाली समूदाय फैलिएको छ। यो समूदायलाई जोड्न अन्तर्राष्ट्रिय अधिवेशन गरेर प्रतिनिधि यहाँ सहभागी गराउन सक्नुपर्छ। बाहिर रहेका सबैले अन्त भोट हाले भनिएको छ तर त्यसो होइन। बाहिर रहेको समूदायको बारेमा हामीले गम्भीर कार्यक्रम बनाउनुपर्नेछ।
पार्टी अधिवेशनमा पराजित एक व्यक्तिलाई मनोनीत गर्दा अर्को साथीलाई अप्ठ्यारो पार्ने काम नगरौँ। उपविजेता भएको मान्छेलाई मनोनीत नगरौँ। महामन्त्रीले गर्ने कामको बारेमा प्रश्न उठाउनु भएको छ। मेरो भागमा परेको कुरा म भन्दैछु। शेखर कोइरालाले अन्य दलको बारेमा पटक्कै नबोल्नु भन्नु भो। तर त्यो लेखेकै छैन। त्यो चिट दिने मै हुँ। त्यस्तो दिएको छैन। कुनै पनि दलको बैठकमा आवश्यकता अनुसार अन्य दलको चर्चा हुन्छ।

कार्यतालिका सिंगो संगठनको कार्यतालिका बनेको छ। यसका लागि अठोट लिइएको छ। निर्धारित कार्यक्रमहरू प्रदेश कार्यसमितिको नेतृत्वमा अगाडि बढ्छन्। केही हेर फेर गरौँला, हामीले टिपेका छौँ परिमार्जन गरेर जानेछौँ प्रदेश सभापतिजीहरूसँग पनि जान्छौ।

जिल्ला सभापतिहरूको भेला थिएन। हामी दुवै महामन्त्रीले केके भइरहेको छ भनेर सोध्ने जिम्मेवारी हो सोहीअनुसार गरेका हौँऽ यो भेला होइन छलफल हो। नियमित छलफलअन्तर्गत हो भन्नु होला। महामन्त्रीले किन काम नगरेको भन्नु हुन्छ। काम गर्दा किन गरेको नभनिदिनू

क्रियाशील ९०० भएकोमा २०० मत आयो भनियो। कहाँ आयो यहाँ आयो भन्नु पर्‍यो। क्रियाशीलले भोट हाल्दैनन् भन्ने भयो भने गलत हुन्छ। बलबहादुर केसीले घरबाटै कार्यालय चलाउने भन्नु भो। त्यसो होइन। बैठक भएको बेलामात्रै होइन अब सभापितजीलाई अरू बेलामा पनि कार्यालयमा भेट्न सक्छौँ।

म घरमा कसैसँग भेटघाट नै गर्दिनँ। म काठमाडौँमा फ्लाटमा बस्छु। त्यहाँ मेरो परिवारालई मात्रै समय दिन्छु।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको