
बैंकक : गैरआवासीय नेपाली संघ थाइल्यान्डको अधिबेशनबाट निर्बिरोध रूपमा पुनः अध्यक्ष पदमा भबिन्द्र बस्नेत निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा आतिश कृष्ण श्रेष्ठ,दानराज अधिकारी,राम गौतम, सरोज खनाल चयन भएका छन् ।
महासचिवमा निरज वैद्य,सचिवमा राज बहादुर साउँद र अमित सिंह दाहाल,युवा संयोजकमा भूषण सिंह नेपाली श्रेष्ठ,महिला संयोजकमा सञ्जना तिम्सिना,अतित कोइराला,पवन तुलाधर,सरसिङ गुरुङ,राजु बलामी ,सोमफोप सुवेदी,हेमलाल खनाल चयन भए । त्यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा महेन्द्र श्रेष्ठ चयन भए ।